मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो

Ujyalosandeshonline 11005+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्य लाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि जिम्मेवारी तोकेको हो । 

जसअनुसार सुदूरपश्चिम प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिबलाल थापा मगरलाई खटाइएको छ । त्यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव र कोसी प्रदेशमा सचिव राजकुमार राई र कार्यकारिणी सदस्य जयराम यादवलाई तोकिएको छ ।

पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्य कारिणी सदस्यहरुका साथै प्रदेश समितिहरु सँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको छ । तोकिएका अभियन्ताले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने छ ।

जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत सोमबार पाँचथरमा अभियन्ता अभिमुखिकरणको आयोजना गर्न लागिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् । 

यस अघि जसपा नेपालले काठमाडौं, जनकपुर, वीरगञ्ज, बिराटनगर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा अभियन्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार