प्रधानमन्त्री कप क्रिकेट :
मधेशको पहिलो जित, कोशी लगातार दोश्रो खेलमा पराजित

Ujyalosandeshonline 11020+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कोशीको यो दोश्रो हार हो भने मधेशको पहिलो जित । 

२८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेश ३३ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ११९ रन बनाउन सक्यो । पहिलो बलमै विकेट गुमाएको कोशीका लागि कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । कोशीका लागि सबै भन्दा धेरै २५ रन साकिब हकले बनाए । यसै गरि सुजन थपलियले २४, फिर्दोश अन्सारीले २१ रन दिपेश कण्डेलले २० रन बनाए । 

कोशीलाई सस्तामै समेट्ने क्रममा मधेश प्रदेशका रुपेश सिंहले ५ विकेट लिए । राजेश यादवलाई ३ विकेट तथा हरिशंकर साह र प्रदिप पासवानको नाममा १/१ विकेट रह्यो । 

यस अघि टस जितेर पहिलो ब्याटिङ्ग रोजेका मधेश प्रदेशले कप्तान अनिल साह, पवन सर्राफ र दिपेश दासको दमदार ब्याटिङ्गको सहयोगमो २८४ रन बनाएको थियो । 

भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा ओपनर अनिल साहले ७५ बलमा १० चौकाको सहयोगमा ७५ रन प्रहार गरे । सुरु देखि नै बलियो देखिएको मधेशलाई हरिशंकर साहले पनि राम्रै साथ दिए । प्रकाश कार्कीको बलमा भुपाल लुईटेलद्वारा क्याच हुनु अघि उनले २९ रन बनाए । त्यसपछि विकेट किपर रोशन बिक शून्य रनमा आउट भए पछि पवन सर्राफ र दिपेश दासले टोलीलाई उच्च स्कोर तर्फ पुर्याएका थिए  । 

८५ बलको सामना गरेका पवनले २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । यसै गरि दिपेश दासले पनि ६० बलको सामना गरि १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको व्यक्तिगत योगदान गरे । 

बलिङ्गमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २/२ विकेट र फिरदोस अंसारी तथा दिपेश कंडेलले १ विकेट लिए ।

९२ रन बनाउनुभएका मधेश प्रदेशका पवन सर्राफ खेलको म्यान अफ द म्याचको रुपमा घोषित भए । 

सिद्धार्थ क्रिकेट रङ्गशालामा बुधबारको खेल त्रिभुवन आर्मी क्लब र सुदूर पश्चिम प्रदेश भिड्दैछन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार