काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेट
प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेश ५ विकेटले सँग
पराजित भएको छ ।
दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा
भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ७० रनको
लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो ।
नेपालका सुवास भण्डारीले
बंगलादेशको ५ वटै विकेट झारेका थिए ।
बंगलादेशका आरिफुल इस्लामले
सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे । त्यस्तै
बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।
त्यसअघि टस जितेर पहिले
ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल
आउट भएको थियो ।
नेपालका लागि विशालविक्रम
केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए ।
त्यसैगरी, कप्तान देव
खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।
त्यसैगरी, सुवास भण्डारीले
१८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज
जीवनले तीन विकेट लिए ।