मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |
मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |


मुन्दु हत्या प्रकरणः दुई सातापछि प्रहरीद्वारा हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

दानबहादुर बुढा

मुगु । छायाँनाथ रारा नागरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेका दुई जनालाई प्रहरी पत्रकार सम्मेलन मार्फत् घटना भएको १५ दिनपछि सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न रहेका दुबैले ब्यक्तिगत रिसईबी र सुन लुट्नका लागि हत्या गर्ने जेठ महिनामा योजना बनाएको प्रहरीले जनाएको छ ।

कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँकी श्रीदेवी सहित उनका तीन सन्तानको हत्या भएको थियो । हत्यामा संलग्न सोही नगरपालिका–६ का ३१ वर्षीय गोपाल बोहोरा र वडा–७ का ३१ वर्षीय काले भनिने गोर्खबहादुर शाहीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्याका मुख्य योजनाकार भनिएका गोपाल बोहोरा वैदेशिक रोजगारीका लागि कतारमा गएकोमा राम्रो काम नपाएपछि दुई वर्ष बसेर फर्किएका थिए । प्रहरीका अनुसार मृतक श्रीदेवीका श्रीमान दीपकले कतारमा काम गर्ने कम्पनीमा राम्रो कमाई गरेको थाहा पाएपछि उक्त कम्पनीमा काम गर्न आफूलाई भिसा पठाइदिन आग्रह गरेका थिए । 

दिपकले  गोपालको आग्रह अस्वीकार गरेकाले त्यसै बेलादेखिको रिस उनले पालेका थिए । त्यसपछि उनको परिवार सखाप पार्ने योजनाअनुसार छायाँनाथ रारा नगरपालिका–७ का गोर्खबहादुर शाहीसँग बाँकेको बैजनाथ नगरपालिका–१ चिसापानीमा भेट गरी हत्याको योजना बनाएका थिए । परिवारका सबैको हत्या गरी सुनचाँदी, गहना र नगद लुटपाट गर्ने योजना उनीहरुले बनाएको अनुसन्धानबाट खुलेको प्रदेश कार्यालयका प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए ।

गोपालको योजनाअनुसार गोर्खबहादुर कात्तिक ५ गते सुर्खेतबाट सडक यातायात हुँदै ६ गते मुन्दु गाउँमा रहेको गोपालको घरमा पुगेका थिए । उनी  घरको भुईँतल्लामा रहेको खरायोको खोर भएको कोठामा कसैले नदेख्ने गरी लुकीछिपी बसेका थिए ।

श्रीदेवी छोरा ११ वर्षीय छोरा मनोज, ७ वर्षीया छोरी अप्सरा र ५ महिनाका छोरा रहरसहित माइतीबाट फर्केर घरमा खान खाएर बसेका बेला राति ९ बजे गोपाल र गोर्खले पुगेर घरबाहिर बोलाएका थिए ।

श्रीदेवीले ढोका खोलेपछि दुबैजना घरभित्र छिरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीदेवीले प्रयोग गने मोबाइल, कानमा लगाएको २.५ तोलाको सुनको रिङ र २५ लालको घाँटीमा लगाएको तिलहरी लुटेर लगेको प्रहरीले जनाएको छ ।

हत्यापछि गोर्खबहादुर घटनास्थलबाट मुगु र जुम्लाको सिमाना बुलबुलेसम्म पैदल गइ त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । श्रीदेवीले प्रयोग गरेको मोबाइलको सिम फ्याँकेर शाहीले आफनो सिम हालेर प्रयोग गरेको पाइएको छ ।

कात्तिक २३ गते नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्र शाही र  बिक्रम शाहीको घरबाट गोर्खबहादुरले लुकाई राखेको झोलामा नगद १ लाख ७९ हजार नागरिकता, राहादानी, बसको टिकटसहित सिमकार्ड नभएको दुई थान मोबाइल प्रहरीले बरामद गरेको थियो ।


हत्यामा संलग्न गोपाल बोहोरा मृतक श्रीदेवीका आफनै मामाको छोरा हुन् । गोर्खबहादुर शाही श्रीदेवीका कान्छी आमाका श्रीमान हुन् ।  प्रहरीले दिएको जानकारी अनुसार गोपालले आफूलाई श्रीदेवीका श्रीमानले भिसा पठाउन नमानेको र त्यही झोंकमा परिवारको हत्या गर्ने योजना बताएको बताएका छन् ।


एक्लै हत्या गर्न नसक्ने देखेपछि नेपालगन्जमा रहेका आफ्ना फुपाजु गोर्खलाई गत जेठ महिनामा भेट गरी हत्या गर्ने योजना बनाएको  पत्रकार अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


घटनाको अनुसन्धानका लागि  नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश हाल नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश केनाइन शाखाबाट खटिएका प्रहरी अधिकृत सहितको टोली खटिएको थियो ।


घटनाबारे स्थलगत अनुसन्धान गरी हत्यामा संलग्नलाई सार्बजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार