मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

देशमा फेरी एउटा ठूलो आन्दोलनको आवश्यक महशुस भएको छ : अध्यक्ष प्रचण्ड

Ujyalosandeshonline 11467+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको बताएका छन् । आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न आउन थालेको बताए । 

उनले भने,‘मैले कहिलेकाहीँ के सोच्ने गरेको छु भने नेपालमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको हो कि क्या हो भन्ने मलाई सुद्ध लाग्न थाल्यो भनेपछि । किनकी कसैले भनेको नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने, स्थानीय तहलाई बलियो बनाउनपनि नमान्ने भनेपछि त के देशले फेरी अर्को आन्दोलन खोजेको हो त?जनतामा फेरी अर्को असन्तुष्टि बढेको बढ्यौं छ । निराशा बढेको बढ्यौं छ । अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न अब विस्तारै मानिसहरुको मनमा यो आउँदैछ । अहिले म त्यो निष्कर्षमा पुगे भन्ने होईन त्यो अर्थ नलागोस्, तर जनतामा देखिएको निराशा, युवामा देखिएको फ्रस्टेशनले त्यो सबै हेर्दा र नेतृत्व हेर्दा यो सरकार पनि संविधानसंवत नै छैन ।’ 

उनले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार भएको आरोप लगाए । सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उनको आरोप छ । उनले भने,‘यो संविधान मिचेर बनेको सरकार हो यो । राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो । लोकतान्त्रिक पनि छैन ।त्यसैले लोकतन्त्रको मर्म विपरित पनि आएको छ यो । यसले संविधानलाई कहिँ न कहिँ कर्नरमा पार्न खोजेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार