काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया सहित आयुक्तहरु बीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ ।
सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुख सहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्तहुने सुझाव दिएको छ ।
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका छन् । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्ण प्रसाद रिमाल, नेपाल सरकारका मुख्य सचिव लीलादेवी गड्तौला लगायतको सहभागीता रहेको थियो ।