मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

ओमसतियामा बृहत स्वास्थ्य शिविर सम्पन्न

Ujyalosandeshonline 11474+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

भैरहवा । रोटरी क्लब अफ रुपन्देही, रोट्रयाक्ट क्लब अफ रुपन्देही र ओमसतिया गाउँपालिकाको संयुक्त आयोजना तथा नीता पोलीक्लिनिक मणिग्राम, रुपन्देहीको प्राविधिक सहयोगमा शनिबार ओमसतिया–४ स्थित बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एकदिने स्वास्थ्य शिविरमा विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै परामर्श सेवा समेत प्रदान गरिएको आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार एक दर्जन चिकित्सकहरुको सहभागीतामा भएको शिविरबाट ओमसतिया–४ का करिब ७ सय जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विभिन्न प्रकारका रोग सम्बन्धी चेकजाँच तथा निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले ओमसतियामा आएर स्वास्थ्य शिविर कार्यक्रम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । पूर्व राज्यमन्त्री समेत रहेका नेता रज्जाकले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको बताए । 

कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष मदन पोखरेल,  रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि लम्साल लगायतले बोलेका थिए ।

ओमसतिया–४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेको अध्यक्षता, राम प्रसाद ढकालको स्वागत तथा दीपक ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरी ,ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु), वडाअध्यक्षहरु, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार