मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

किसानलाई सुन्तलाका बिरुवा : महिलाहरूलाई आयआर्जनमा सहज

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ असार २०८२, बिहीबार

रामेछाप । रामेछापको सुन्तलाको राम्रो उत्पादन हुने मन्थली नगरपालिका–१४ फुलासीका किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरिएको छ । मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्र दोरम्बा रामेछापको साझेदारीमा सञ्चालित हेफर परियोजनाले किसानलाई सुन्तलाका बिरुवा वितरण गरेको हो । 

स्थानीय पशुपति महिला स्वावलम्बन समूहका महिलालाई २२ वटाका दरले सात सय बिरुवा वितरण गरिएको पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिए । महिलाहरूलाई आयआर्जनमा सहयोग पुगोस् भनेर मागको आधारमा बिरुवा वितरण गरिएको उनले बताए । 

सो बस्तीका किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । एउटै किसानले वर्षको ६÷७ लाख रुपैँयासम्मको सुन्तला बिक्री गर्दै आएका छन् । उन्नत जातको बिरुवाले किसानलाई नयाँ बिरुवा उत्पादन र बगैँचा विस्तारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । 

किसानलाई व्यावसायिक बन्न थप सहयोग पुगोस् भनेर बिरुवा वितरणको कार्यक्रम राखिएको वडाध्यक्ष मोतीलाल तामाङले बताए । उनले व्यावसायिक सुन्तला खेतीबाट सो पेसामा लागेकाले राम्रो आम्दानी गरेका उदाहरण दिँदै अन्य किसानलाई पनि व्यावसायिक बन्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार