मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |
मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |


आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सिद्धार्थ उद्योग बाणिज्य संघकाे टाेली पूर्वी नेपालतर्फ

Ujyalosandeshonline 12433+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुकाे प्रचारप्रसार, प्रवर्द्धन र सहकर्मी उद्योग बाणिज्य संघहरुकाे अवलाेकन तथा अनुभव साटासाट गर्ने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघकाे टाेली पूर्वी नेपालकाे भ्रमणमा  लागेकाे छ ।

बुधबार संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय टाेली पूर्वी नेपालकाे भ्रमणमा निस्किएको हाे । `हाम्राे मुख्य उद्देश्य भनेकाे आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने हाे । साथै पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग बाणिज्य संघकाे अवलाेकन गरी अनुभव साटासाट गर्ने हाे´, संघका अध्यक्ष श्रेष्ठले भने । उनले सहकर्मी संघहरुसँग छलफल गर्ने, व्यवसायिक अनुभवहरु एकअर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयाेगमा ल्याउन पहल गर्ने जनाए । यस्तै पूर्वी नेपालका उद्योगी-व्यवसायीलाई भैरहवा र यश आसपासमा लगानी गर्न समेत आह्वान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संघका बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले पहिला मुलुककै पर्यटकीय स्थललाई संघले अध्ययन तथा अवलोकन भ्रमणमा प्राथमिकता दिँदै आएकाे जनाए । उनका अनुसार पूर्वी नेपाल भ्रमणका क्रममा सहकर्मी उद्योग बाणिज्य संघहरुमा आबद्ध पदाधिकारी, सदस्य तथा साधरण सदसहरुलाई भैरहवा, लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न अनुराेध गरिने छ । 

`हामीले अवलोकन गर्ने संघहरुसँगै ती संघहरु मार्फत सम्बन्धित जिल्लाबासीलाई पनि लुम्बिनी भ्रमणका लागि अनुराेध गर्ने छाैं´, बरिस्ठ उपाध्यक्ष आचार्यले भने, `संघकाे पूर्वी नेपाल यात्राले रुपन्देहीमा अधिक रुपमा आन्तरिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास छ ।´ संघले पूर्वी नेपाल भ्रमणका क्रममा ती क्षेत्रका आधादर्जन उद्योग बाणिज्य संघहरुसँग छलफल गर्ने छ भने लुम्बिनी भ्रमणका लागि अनुराेध गर्ने छ । यसक्रममा कयौं पर्यटकीय स्थलकाे समेत अवलोकन गरिने आचार्यले जानकारी दिए ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेका अनुसार चितवन उद्योग बाणिज्य संघ, रत्ननगर उद्योग बाणिज्य संघ, मकवानपुर उद्योग बाणिज्य संघ, बिरगंज उद्योग बाणिज्य संघ, जनकपुर उद्योग बाणिज्य संघ, माेरङ उद्योग संघ, धरान उद्योग बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघकाे अवलोकन गरि व्यवसायिक अनुभव आदानप्रदान गरिनेछ । `यसक्रममा विभित्र जिल्लामा पर्ने गन्तव्यहरुकाे भ्रमण गरि आन्तरिक पर्यटन प्रबर्द्धन गरिनेछ´, महासचिव घिमिरेले भने ।

संघकाे टाेलीले भैरहवा, लुम्बिनी, बुटवल फुलबारी, लुम्बिनी केबलकार, बाउन्नकाेटी, मत्स्य हब छपिया, शंकरनगर वनबाटिका, गैडहवा ताल, शिव मन्दिर, अष्ट्रिच फार्म लगायतका गन्तव्यमा भ्रमण गर्न आग्रह गर्ने छ । आन्तरिक पर्यटन प्रबर्द्धन तथा अध्ययन अवलोकन भ्रमणमा संघका पूर्वअध्यक्ष कुलप्रसाद न्याैपाने, निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्याैपाने, संघका पदाधिकारी तथा सदस्यहरु लगायत सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार