मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रचार र व्यवस्थापनको अभावले ओझेलमा त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर

Ujyalosandeshonline 12437+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

रामेछाप । रामेछापको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर प्रचार प्रसारको अभावले सुनसान बनेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–४ स्थित सुनकोशी र तामाकोशी नदीको संगमस्थलमा रहेको महादेव मन्दिर निक्कै पुरानो भए पनि यो मन्दिरको उचित प्रचार र व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा यो ऐतिहासिकस्थल ओझेलमा परेको छ । 

राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा यो महादेव मन्दिरमा पाठपूजा गरेको बताइन्छ । सिन्धुलीगढीको लडाइँमा रामेछापको मुगिटारका रामचन्द्र प्रसाईँले पृथ्वीनारायण शाहका सेनालाई द्रव्य र रासनपानी सहयोग गरेकाले प्रसाईँकै माग अनुसार महादेव मन्दिरको नाममा पृथ्वीनारायण शाहले मुगिटारको खेत, सान्ने र अमारे लगायत क्षेत्रको बारी गुठी बनाइदिएको बताइन्छ । त्यसको लिखत अहिले पनि सुरक्षित रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । 

मन्दिरको नाममा रहेको गुठीको जग्गाको धानले पुजारी तथा गाई हेर्ने र मन्दिरको रखवारी गर्ने टहलुवालाई ज्याला दिने गरिएको छ । त्यही धानको परालबाट मन्दिरमा पालिएका गाईलाई घाँस खुवाउने गरिन्छ । अहिले मन्दिरमा पुजारी नहुँदा नियमित पूजामा नै समस्या भएको मन्दिरका टहलुवा गोपाल माझी बताउँछन् । ‘पुजारी छैनन्, मैले नै दैनिक पूजा गर्ने गरेको छु, पुजारी भइदिए राम्रो हुन्थ्यो’, उनले भने । 

दुई वर्ष अघि महादेव मन्दिर पुरातत्त्व विभागले पुरातात्विक हिसाबले निर्माण गरिदिएको छ । तर मन्दिरसँग रहेको कुटी र पाटी जीर्ण बनेका छन् । त्यसको मर्मतमा राज्यको ध्यान पुगेको छैन । 

त्रिवेणी मन्दिर नजिकै सुनकोशी नदीमा अहिले सुनकोशी–मरिण डाइभर्सनको ड्याम बन्दै छ । सो ड्याम बनेपछि ड्याम हेर्न आउने मानिसहरू पक्कै बढ्ने छन् । यसले यो मन्दिरको महत्वलाई अझ बढाउने छ । तर मन्दिर र त्यसका संरचनाको व्यवस्थापन र संरक्षण भने आवश्यक छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार