मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि समय थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो । कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको जनाएको छ । विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त भएकाले अन्तिम पटकका लागि म्याद थप गरिएको उहाँले बताउनुभयो ।

“विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि आगामी जेठ २८ गते राति १२ बजेसम्म अन्तिम पटकका लागि कायम गरेका छौँ”, कावा मुख्यसचिव दुलालले भन्नुभयो । कांग्रेसले निर्धारित अवधिभित्र आआफ्नो सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार