मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो :अध्यक्ष यादव

Ujyalosandeshonline 11002+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन् । 

बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले, आफू बाहिर गएको मौका छोपी निराधार हल्ला चलाएर गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरेको बताए । 

उनले भने, ‘म विश्व जनसङख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको मैका छोपेर एउटा हल्ला चलाइयो । जसपा र नेकपा एसले कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित हल्ला चलाइयो । र निराधार त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी भित्र महाधिवेशनको तयारी भइरहेको बेलामा केही महत्वकांक्षा र व्यक्तिगत स्वार्थबाट प्रेरीत व्यक्तिले हल्लाको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, र निर्वाचन आयोगमा गैरकानुनी तर्फबाट गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे रे, नेपालको इतिहासमा यति छिटो पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि हो ।’

उनले आफूले कार्यवाहक अध्यक्षको पद दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए । उनले भने, ‘पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ । उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त । मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो । पहिला पनी बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो । के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले ।’

उनले लाखौँ पार्टी सदस्य र नेताहरू आफुहरुको समर्थनमा नै रहेको भन्दै  ५÷७ सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभनमा पारी खर्च गरेर भएपनि भेला पारेर पार्टी फुटाए भनेर गरेको जनआधार प्रचारले पार्टीलाई असर नपरी अझै सुदृढ भएर जाने विश्वस व्यक्त गरे । 

राजनीतिक दलहरु संस्थागत रुपले स्थिर हुन नसक्दा राजनीतिक प्रणाली नै धरापमा पर्ने हो कि भन्ने आसंका र खतरा पैदा भएको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार