मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

पाणिनि तपोभूमि सम्मेलनको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री आचार्यद्वारा स्थलगत निरीक्षण

Ujyalosandeshonline 11474+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

अर्घाखाँची । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलन स्थलको स्थलगत निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिनुभएको हो । 

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका क्षेत्रलाई केन्द्रविन्दु बनाई सम्मेलन चैत २७ र २८ गते आयोजना गरिन लागेको सम्मेलनको पूर्वसन्ध्यामा मुख्यमन्त्री आचार्यसहित सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको टोलीले अवलोकन भ्रमण गरेको हो । स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व राख्ने पाणिनि तपोभूमिको समुचित व्यवस्थापन र प्रचारप्रसारमार्फत यस क्षेत्रलाई विश्वभर चिनाउन सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।

उहाँले सम्मेलनको तयारीका क्रममा सुरक्षाको व्यवस्था, यातायात, आवास, खानेपानी, सरसफाइ, अतिथि स्वागत तथा कार्यक्रम सञ्चालनसम्बन्धी पक्षहरूबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशनसमेत दिनुभयो ।

संस्कृत व्याकरणका पिता पाणिनिको तपोभूमिको पहिचान, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटकीय विकास र व्यापकता सम्मेलनको उद्देश्य रहेको छ । स्थानीय तह, प्रदेश सरकार तथा पर्यटनसँग सम्बन्धित निकायहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनले पाणिनि क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार