मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ असार २०८३, बिहीबार

जनकपुरधाम । प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ । उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले असई विकको मृत्यु प्रकरणमा पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मासहित धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला गरेको हो । 

यस्तै सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरु प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (३) नम्बरबमोजिम जन्मकैद गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेलले जानकारी दिनुभयो । महोत्तरी जिल्ला अदालतले ती तीनै जनालाई २०८० मङ्सिर २८ गते जन्मकैद र पूर्वसांसद महतो तथा पवन कापरलाई सफाइ दिएको थियो ।

महोत्तरी जिल्ला अदालतको जन्मकैदसम्बन्धी फैसला मिलेको ठहर गर्दै तीनै जनाको हकमा फैसला सदर गरेको सूचना अधिकारी पाण्डेले बताउनुभयो । उच्च आदलतको फैसलामा मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको, तीनै जना प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानको क्रममा तीनै जनाले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र र सँगै रहेका पप्पुकुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकृतसमक्ष उनीहरुको संलग्नता पुष्टि गर्ने काज गरेको उल्लेख छ । 

घटनास्थलको तस्बिरबाट पनि प्रतिवादी सञ्जयकुमार साहले थमन विकमाथि प्रहार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ । यस्तै पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरको हकमा भने कथन विकमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ट प्रमाण नभेटिएको तर जन्मकैद सजाय पाएका प्रतिवादीहरुको पोलयुक्त बयानका आधारमा उनीहरु ज्यान मार्ने कार्यमा संलग्न रहेको देखिएकाले मुलुकी ऐनको ज्यान सम्बन्धीको १७(२) नम्बरको कसुर गरेको ठहर गरिएको उल्लेख छ । मधेस आन्दोलनका क्रममा गत २०७२ भदौ २५ गते कार्यस्थलको लागि महोत्तरी आएका असई  विकको आन्दोलनकारीको कुटपिट मृत्यु भएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार