मुख्य समाचार
भैरहवामा लागूऔषध सेवन गरी सवारी चलाउने ८ चालक पक्राउ | अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा | रुपन्देहीमा दुई दिनमा ९ लाख बराबरको अवैध सामान बरामद | निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती | पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु | तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ | लागुऔषध विरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ | ओमसतिया गाउँपालिका पूर्ण खोप र शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित स्थानीय तह घोषणा | तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते | साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा |

लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट

Ujyalosandeshonline 11070+ समाचार ( )
३ असार २०८१, आइतबार

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र  सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिस्टाचार भेटघाट भएकाे छ ।

सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आउनुभएका मियाँलाई  प्रदेश प्रमुख शेरचनले खादा लगाइदिएर स्वागत गर्नुभयो ।

सो अवसरमा सुदुरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय संचालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश संचालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंलाउनुभयो  । भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका कर्मचारी र दुबै प्रदेश प्रमुखको सचिवालयको टोलिको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार