मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौं : प्रधानमन्त्री

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत  गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन् ।

सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको भन्दै  सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाहालको दाबी थियो ।  

उनले भने, ‘मेरो नेतृत्वको सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण,सबै तहमा विकास चुस्त र गतिशिल बनाउने , लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पु¥याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अवलम्बन गर्दै राष्ट्रियहितको रक्षा गर्न प्रतिबद्ध सरकार रहेको छ ।’

प्रधानमन्त्री दाहालले तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए ।

उनले भने,‘तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको बजेट सिलिङ ,विषय क्षेत्र र प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार