दुर्गा प्रसाईंमाथि हातपात प्रयास, एक जना पक्राउ

Ujyalosandeshonline 12436+ समाचार ( )
४ माघ २०८०, बिहीबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात प्रयास भएको छ । बिहीबार कार्यक्रममा जाने क्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङ ले जनाएको छ ।

प्रसाईंलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको डीएसपी मदन केसीले बताए ।

प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा मेची–महाकाली दौडाहा गरिरहेका छन् । यही कार्यक्रमका लागि उनी बागलुङ पुगेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार