मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एसएमएस फ्रेन्डसिप टी–२० मा नेपालले आज बरोडासँग खेल्दै

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि शुरु हुनेछ ।

आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हँुदैछ । 

नेपालले पहिलो खेल गुजरातसँग खेलेको थियो । गुजरातलाई पहिलो खेलमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा बरोडालाई र तेस्रोमा पुनः गुजरातलाई हराउँदै ६ अंक सहित फाइनल पुगेको थियो । 

गुजरात र बरोडाबीचको दुवै खेलमा गुजरातले बरोडालाई हराएर फाइनल पुगेको छ ।  त्यसैले आजको खेलको नतिजाले कुनै फरक पर्ने देखिँदैन । डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल भने आइतबार हुनेछ। 

नेपालको टोली ः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

बरोडाको टोली ः विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पौण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। सिरिज सकेर नेपाल त्यहिँबाटै ओमानतर्फ जानेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार