मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारण सभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव चार लाख ५० हजार सदस्य भएको यस संस्थाको नेपालको राष्ट्रिय समितिमा श्रेष्ठ अध्यक्ष भएका हुन् । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यवसायिक वातावरण निर्माणका लागि आईसीसीले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए । 

उनले आईसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्न, देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

सबैका लागि शान्ति, समृध्दि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणाली लाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आईसीसीको मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाई छ । 

आईसीसी नेपालको निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार छन् भने वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, बीमा क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुकोतर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा छन् । 

यसैगरी, महासचिवमा नरेश श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मीनबहादुर गुरुङ, अर्जुन शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार