मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता :
सन्तकबीर माथी सईद ११ को जित

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ माघ २०८०, आइतबार

भैरहवा । लुम्बिनीको पडरियामा जारी इण्डो –नेपाल क्रिकेट प्रतियोगितामा आईतबार भएको खेलमा सईद ११ ले सन्तकबीर नगरलाई १४ रनले पराजित गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको सईद ११ ले  निर्धारित १५ ओभर मध्ये १० दशमलव २ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा ६६ रन बनाएको थियो । उसका लागि अख्तरले १२ बलमा २३ रन बनाए । यस्तै हफिजले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् । 

बलिङमा सन्तकबीर नगरका पोलार्डले ३ विकेट, सुनिल यादव, सुधिर यादव र अप्पुले समान २÷२ विकेट लिए । 

६७ रनको झिनो लक्ष्य सहित मैदान छिरेको सन्तकबीर नगर १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै ५२ रन मात्र बनाउन सक्यो । उसका लागि सुनिल यादवले सर्वाधिक ३३ रन र नरेन्द्र यादवले १० रन बाहेक अन्यले दोहोरो अंक समेत जोडन् सकेनन् । 

सईद ११ का बलर ईक्रमले ३ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए । यस्तै मजिद र अख्तरले समान २÷२ विकेट बाडे । 

टेनिस बलले नकआउट आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । पहिलो पुरस्कार २ लाख रुपैया तथा दोश्रो पुरस्कार १ लाख रुपैया रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार