रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २० जना पक्राउ, मदिरा बरामद

Ujyalosandeshonline 11469+ समाचार ( )
२० फाल्गुन २०८२, बुधवार

भैरहवा । निर्वाचन आचारसंहिता विपरीत मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सेवन गरेको आरोपमा रुपन्देहीका विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्न लागु गरिएको आचारसंहिता उल्लंघन गर्ने सञ्चालक तथा सेवनकर्ताहरूलाई नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिकास्थित बुद्धचोकमा रहेको एक रेष्टुरेण्टमा कारबाही चलाउँदा सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ । यसैगरी, प्रहरी टोलीले मायादेवी गाउँपालिकाको गोनाहा चोकस्थित एक मदिरा पसलबाट निर्वाचन आचारसंहिताविपरीत बिक्रीका लागि राखिएको विभिन्न ब्रान्डका ११० बोतल मदिरासमेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै, शुद्धोधन गाउँपालिकाका विभिन्न वडामा पनि प्रहरीले कारबाहीलाई तीव्रता दिएको छ । सो गाउँपालिकाको वडा नम्बर ७ स्थित भगलापुर र वडा नम्बर ३ स्थित सियाभारबाट मदिरा बिक्रीवितरण र सेवन गरिरहेको अवस्थामा दुई जना रेष्टुरेण्ट सञ्चालकसहित थप ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिताविपरीतका गतिविधि गर्ने जोकोहीमाथि पनि निरन्तर निगरानी तथा कडा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार