मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

जलेश्वरका नगरप्रमुख, उपप्रमुखसहित एक दर्जनलाई भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 12450+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर–१ हाटबजार क्षेत्रको ढलानको काम भएभन्दा बढी मूल्यांकन गरि ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त योजनासँग सम्बद्ध जनप्रतिनिधि, कर्मचारीसँगै उपभोक्ता समिति पदाधिकारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ । आयोगले प्रमुख सुरेश साह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धीरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार  झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दीपेशकुमार साहविरुद्ध मुद्दा दायर गरेको छ ।

वरुणसर पोखरी नजिकको बजार क्षेत्रभित्र पीपीसी ढलानको उक्त योजना अनुगमन उपप्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर–१ का वडाध्यक्ष अनिलकुमार झाले गरेका थिए । काम सन्तोषजनक भएको भन्दै प्रतिवेदन दिएपछि उपभोक्ता समितिले भुक्तानी पाएको थियो ।

वास्तविकता लुकाएर गलत प्रतिवेदन दिइ उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको कारणबाट बढी रकम भुक्तानी भएको देखिएको भन्दै उनीहरु तीन जनालाई पनि आयोगले मुद्दामा प्रतिवादी बनाएको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई पनि मुद्दामा प्रतिदवादी बनाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै