मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मझगाउँ विमानस्थल पुनः संचालन गर्न दुई मन्त्री सहमत

Ujyalosandeshonline 12441+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौंँ । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच शुक्रबार कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ । विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो । उनीहरुसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इञ्जिनियर बाबुराम पौडेललगायतको सहभागिता थियो ।

विमानस्थलको रनवे, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । ‘विमानस्थल पुनःनिर्माण चाँडो सक्ने र अस्थायी रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवाल अधिकारीसहितको उपस्थितिमा छलफल भएको हो,’ गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव ईश्वरीप्रसाद जोशीले भने,‘विमानस्थल पुनः सञ्चालन गृहमन्त्री लेखकको प्राथमिकता तथा निर्वाचनमा मतदातासामु गरेको प्रतिवद्धता पनि हो, त्यो पूरा हुने प्रक्रियामा छ ।’

मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि रु पाँच करोड र रन्वे निर्माण गर्न रु १३ करोड ३० लाख बजेट सङ्घीय सरकारले विनियोजन गरेको छ । ‘बजेटको सीमितताबीच मझगाउँ विमानस्थल पुनःनिर्माण गर्न राम्रै बजेट विनियोजन गरेका छौँ’, पर्यटनमन्त्री पाण्डेले भने,‘विमानस्थल पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर अघि बढेका छौंँ ।’

मझगाउँ विमानस्थलको दीर्घकालीन महत्व रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पुनःनिर्माण र पुनःसञ्चालन गर्न अब ढिलाइ गर्न नहुने बताए  । ‘सङ्घीय सरकारले विमानस्थलका लागि उचित बजेट सम्बोधन गरेको छ’, उनले भने, ‘प्रदेश र स्थानीय सरकारले पनि विमानस्थल पुनःनिर्माणमा साझेदारी गरेका कारण काम दु्रतगतिमा अघि बढेको छ ।’

कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री रमेश लेखककै पहलमा लामो समय गौचरनमा परिणत भएको मझगाउँ विमानस्थलले पुनःनिर्माणमा गति पाएको हो । केही दिनअघि विमानस्थलको स्थलगत निरीक्षण अवलोकनका लागि मझगाउँ पुगेका गृहमन्त्री लेखकले विमानस्थल पुनःनिर्माणमा कुनै समस्या नहुने बताएका थिए ।

एक हजार ५ सय २५ मिटरको रन्वे निर्माण गर्ने क्रममा नेपाली सेनाले एक सय ५० मिटर जमिन विमानस्थल विस्तारका लागि उपलब्ध गराइसकेको छ । रनवे निर्माण आगामी माघसम्म सक्नेगरी काम अघि बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार