मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राम जानकी मन्दिरको पुन:निर्माणको काम हुदै

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ माघ २०८१, शनिबार

रौतहट । रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा श्री राम जानकी मन्दिरको पुन : निर्माणको काम भैरहेको छ । गरुडा नगरपालिकाले जीर्ण अवस्थामा पुगेको यो मन्दिरलाई नयाँ स्वरूप दिनका लागि ३५ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।

सो मन्दिरको ऐतिहासिक धार्मिक महत्व रहेकाले पुन : निर्माणको काम थालिएको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बताए । उनका अनुसार मन्दिरलाई आधुनिक शैलीमा भव्य तथा आकर्षक बनाइने छ । यो मन्दिरले धार्मिक पर्यटकको आगमन बढाउनेमा उनले विश्वास व्यक्त गरे ।

दशकौँ पुरानो मठ जीर्ण बन्दै गएपछि दैनिक पूजा, सत्संग, तथा अन्य धार्मिक क्रियाकलापमा कठिनाइ  भएको थियो । अब यो मन्दिर  पुनः निर्माण भएपछि दैनिक पूजा अर्चना, प्रवचन, भजन कीर्तन, धार्मिक सभाहरू, विवाह, यज्ञ जस्ता कार्यक्रमहरू सहज हुने स्थानीयको भनाइ छ ।

यो मन्दिर पोठियाही गाउँका साथै वरपरका क्षेत्रका धार्मिक आस्थाका केन्द्रहरूमध्ये एक हो ।  धार्मिक सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मन्दिर पुनर्निर्माणको काम थलिएको गरुडा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार