मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आर्थिक सशक्तिकरणले मात्रै महिलालाई आत्मनिर्भर : उपसभामुख राना

Ujyalosandeshonline 12431+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलालाई आत्मनिर्भर बनाउनका लागि आर्थिक सशक्तिकरणमा जोड्नुपर्ने बताएकी छन् । आर्थिक अधिकारका सवालमा महिलाले निर्णायक भूमिका नपाएसम्म आत्मनिर्भर हुन निकै गाह्रो भएको उनको भनाइ छ ।

काठमाडौंमा सोमबार आयोजित महिलाविरुद्धका हिंसालाई रोक्न लगानी विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक सबलीकरणको माध्यमले महिला सशक्तिकरण सहज हुने बताइन । अझै धेरै नेपाली महिलालाई आफ्नो अधिकार नै थाहा नभएको भन्दै उनले आत्मनिर्भर बनाउन आर्थिक सशक्तिकरणको विकल्प नभएकोमा जोड दिइन ।  

‘कति महिलाहरुलाई आफ्नो अधिकार नै थाहा छैन, जनचेतना छैन । त्यसैले महिलालाई एकदमै आत्मनिर्भर बनाउनका लागि आर्थिक सशक्तिकरणमा जोड्नुपर्छ,’ उनले भनिन्, ‘अहिले सम्पत्तिमा महिला अधिकारका कुरा आएको छ, त्यो पनि महिलाको नाममा छैन ।’

महिलालाई निर्णायक भूमिकामा ल्याउन आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘मलाई चाहिँ यस्तो लाग्छ हामी निर्णायक भूमिकामा छैनौं । पहुँच छैन । त्यसैले गर्दा कतिपय चित्त नबुझेका कुराहरु पनि कमजोरी भएकै कारण हुन्छ हुन्छ भन्नु पर्ने अवस्था आउँछ । त्यसैले महिलाहरु निर्णायक भूमिका र पहुँचमा आउनुपर्छ ।’ उपसभामुख रानाले जलवायु परिवर्तनका असरबाट पनि नेपालका महिला पीडित भएको बताइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार