मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

गर्भनर नियुक्तीमा विचौलिया हावी छन् : प्रचण्ड

Ujyalosandeshonline 11013+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

भैरहवा ।नेकपा माआवादी (केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले सरकारमा विचौलियाहरु हावी भएको कारण गर्भनर नियुक्ती हुन नसकेको बताएका छन्। 

प्रेस सेन्टर नेपाल, रुपन्देही शाखाले बिहिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले विचौलियहरु “बेडरुम” सम्मै पहुँच बनाएको आरोप लगाए । “सरकारले अहिले सबै कामहरु विचौलियाको स्वार्थ अनुसार गरेको छ, राम्रो काम गर्ने कर्मचारीलाई अपमान गर्ने, प्रताडित गर्ने गरेको छ भने नराम्रो काम गर्ने र आफ्नो कुरा मान्नेलाई भर्ति गर्ने काम सुरु देखि गरेको छ ।” उनले भने 

प्रचण्डले गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच नभई बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाएका हुन । “विचौलियाहरुले कहिले कांग्रेसलाई पक्डेका छन्, कहिले एमालेलाई पक्डिएका छन् र ढिलो भईरहेको छ ।” प्रचण्डले भने “हाम्रो भनाई के छ भने गर्भनर जस्तो देशकै अर्थतन्त्रलाई नियमित गर्ने पदमा विचौलियाको चलखेल बन्द गर्नुपर्छ ।”

पूर्व प्रधानमन्त्री प्रचण्डले राजावादी भनिएका दुर्गा प्रसाईको गिरफ्तारी पछि फेरी राजावादीको ज्वरो नआउने जिकिर गरे । उनले भने “उनिहरुको विगुलको हावा चैत्र १५ गते नै फुस्किएको छ, अब त्यही रुपमा आउन सम्भव छैन यद्दपी उनिहरुले यस्ता वितण्डा मच्चाईरहने हर्कत चाहि गर्न सक्छन त्यसकारण हामी सबै हाई एलर्ट रहि रहनुपर्छ ।”

प्रचण्डले अहिलेको सरकार संविधान विपरीत, अपारदर्शी र षणयन्त्र पूर्वक बनेको सरकार भएको आरोप लगाए । दिनको उज्यालोमा सरकार बनाउने घोषणा गर्न नसकेको कारण सरकारको जन्म नै अपारदर्शी भएको उनको जिकिर थियो । विचौलियाको ईशारामा बनेको सरकार भएको कारण जनताले यो सरकारबाट धेरै अपेक्षा नराखेको उनको भनाई थियो । 

सरकारको काम कार्यवाही प्रति नेपाली कांग्रेस र नेकपा एमाले भित्र नै आक्रोश रहेको बताउदै उनले दुबै पार्टीमा भुसको आगो झै असन्तुष्टि सल्किरहेको दावी गरे । “दुवै पार्टीका देखिएको असन्तुष्टि र नेकपा एमाले तथा कांग्रेसका नेताहरुसंग भएको कुराकानीकै आधारमा मैले यो पार्टी नया वर्षको आगमन संगै बिगठन हुन्छ भनेर भनेको हु ।” उनले भने । 

नेकपा माआवादी (केन्द्र) अहिले हुलाकी मार्ग वरिपरि केन्द्रित रहि अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा प्रचण्ड सहितका केन्द्रिय नेताहरु अहिले रुपन्देही आईपुगेका हुन् । यो अभियानको क्रममा लाखौ कार्यकर्ता जोडिएको र राष्ट्रिय एकतालाई सुदृढिकरण गर्न बलियो प्रदान गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई छ ।

रुपन्देही पुग्नु भएको प्रचण्ड विहान भैरहवा मर्निङ्गवाक ग्रुप संगै मर्निङ्गवाकमा निस्किएका थिए । रुपन्देहीमा प्रचण्डको युवा विद्यार्थी र वाईसिएललाई प्रशिक्षण, स्थानिय व्यपारी, बुद्धिजिवीसंग अन्र्तरक्रिया कार्यक्रमसंगै मर्चवारमा बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अभियानका रुपन्देही संयोजक नारायण जिसी (निर्मल) ले जानकारी दिए । प्रचण्डसंगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्द बहादुर पुन (पासाङ्ग), महासचिव देव बहादुर गुरुङ्ग, पूर्व सभामुखहरु अग्नी प्रसाद सापकोटो, कृष्ण बहादुर महरा, लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री जोख बहादुर महरा लगायतका नेताहरुले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार