मुख्य समाचार
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने |

एफक्युबमा मध्यरातमा दर्शकसँग पल शाहको भेट

Ujyalosandeshonline 11008+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

काठमाडौं । प्रदर्शनरत फिल्म ‘पुजार सार्की’का नायक पल शाहले मङ्गलबारको मध्यरात फिल्मका दर्शकसँग भेट गरेका छन् । प्रदर्शनको छैटौं दिन मङ्गलबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा साढे १० बजेको अन्तिम शो हेरेर निस्किएका दर्शकसँग फिल्म सकिएपछि मध्यराति १ बजे भेट गरेका हुन् । दर्शक भेट्न पलसँगै निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल र नेपाल वितरक रोहित कट्टेल हल पुगेका थिए ।

दर्शकसँगको भेटमा पलले नेपाली फिल्मले निकै फड्को मारेको भन्दै खुशी व्यक्त गरेका थिए । ‘हामीले नेपाली फिल्मको शो जहिले पनि बढीमा नौ बजेसम्म हेथ्र्यौं । विदेशी डिमान्डेड फिल्महरू अबेर राती पनि चल्ने गरेका थिए । तर, आज भने हामी हाम्रै फिल्म हाउसफूल दर्शकसहित मध्यरात साढे १२ बज सकिएको प्रत्यक्षदर्शी भएका छौं । रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली फिल्मले निकै फड्को मारेको महसुस भएको छ,’ उनले भने ।

पल गत आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमबार साँझ काठमाडौं उत्रिएका थिए । उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे ।

निर्देशक राउतले आफूले निर्देशन गरेका सबै फिल्महरूमध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए । ‘व्यावसायिक सफलतासँगै समीक्षागत रूपमा पनि मैले निकै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छु । मेरो एउटै सपना के हो भने मैले बनाउने फिल्म व्यावसायिक र समीक्षागत दुवै रूपमा सफल रहनु हो, जुन काम अत्यन्त कठिन र जोखिमपूर्ण छ । यो जोखिम मैले उठाएको थिएँ, सफल बन्दै छु भन्ने लागेको छ,’ राउत सुनिए ।

गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’मा दर्शकको संख्या उल्लेख्य छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, सुभाष गजुरेल, प्रेम सुब्बालगायतको अभिनय छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार