मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जनअपेक्षाअनुरूप व्यवहारमा सुधार गर्न प्रहरीलाई आग्रह

Ujyalosandeshonline 12437+ समाचार ( )
२ कार्तिक २०८२, आइतबार

मध्यविन्दु (नवलपरासी) । प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले जनअपेक्षाअनुरूप कार्य व्यवहारमा सुधार गर्न प्रहरी–कर्मचारीलाई आग्रह गर्नुभएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को कावासोतीमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गर्नु हुँदै उहाँले आन्दोलनको जनभावनाअनुसार सुधार गर्नुपर्ने पक्षहरूलाई सुधार गर्न प्रतिबद्ध रहन निर्देशन दिनुभएको हो ।   

उहाँले भन्नुभयो, “जनअपेक्षाअनुरूप हामी पनि केही सुध्रनुपर्ने छ कि, हाम्रो बोलीवचन व्यवहारमा सुधार ल्याई नागरिक मैत्री कार्यमा अझै कसरी अगाडि बढाउनुपर्छ भन्नेमा दत्तचित्त भएर अगाडि बढ्न आग्रह गर्दछु ।”     

महानिरीक्षक खापुङले जेनजी आन्दोलनका क्रममा प्रहरी, रजनीतिककर्मी, सिंहदरबार, संसद् भवन र नगरपालिका नै किन निशानामा परे भन्ने बारेमा सबैले आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । “जेनजी आन्दोलनका मूलभूत मागहरू भ्रष्टाचाररहित समाज, सहज सेवा, सुशासन हाम्रा पनि माग हुन हामी सबैको माग हुन्”, उहाँले भन्नुभयो, “राज्यको उन्नति प्रगति चाहने सबैका माग हुन्, अब त्यसलाई आत्मसात् गर्नुपर्छ ।”   

महानिरीक्षक खापुङले जेनजी आन्दोलनमा घुसपैठ गरेर समाजलाई धमिलाउन खोज्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । राजनैतिक विषयबाहेक अन्य फौजदारी विषयमा कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । “जेनजी आन्दोलनमा घुसपैठ गरेर समाजलाई धमिलाउन खोज्ने तत्वका विरुद्धमा छौँ”, उहाँले भन्नुभयो, “तिनीहरूलाई कारबाहीको दायरामा ल्याउँछौ, ल्याउनुपर्छ, त्यो कुरामा हामी प्रतिबद्ध छौँ, राज्य प्रतिबद्ध छ र प्रतिबद्ध हुनुपर्छ ।”  

प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट जिल्लाको कावासोती नगरपालिका–२ मा निर्माण गरिएको प्रहरी कल्याण कोष नमूना पेट्रोल पम्पको उद्घाटन गर्नुभएको थियो । कुल रु १० करोड ९८ लाख बजेटमा निर्माण गरिएको पेट्रोल पम्प परिसरमा चार्जिङ स्टेसन, रिफ्रेस सेन्टर, एटिएम मेसिन, टोकन काउन्टर, वर्कसपलगायत सुविधा रहेको गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो । काठमाडौँ उपत्यकामा दुईसहित देशभर नौवटा पेट्रोल पम्प प्रहरी कल्याण कोषले सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार