मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति संयोजकमा ज्योतिराज नियुक्त

Ujyalosandeshonline 11467+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा नियुक्त गरेका हुन् ।

राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष छन् ।

आदिवासी  जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातिबाट सिफारिस भएर आएका विभिन्न व्यक्तिमध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफारिस गर्ने मान्यता बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।

बोर्डले राईको संयोजकमा छ सदस्यीय समिति गठन गरेको हो  । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङहाङ, सगिना सुनुवार, अमृतामाया माझी छन् । समितिका सदस्य सचिवमा हरिसिंह रैखोला रहेका छन् ।

नवनियुक्त संयोजक राईले समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवद्र्धन र बजार विस्तार गर्दै सक्षम बनाउने काम गर्ने बताए ।

आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने फिल्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नीतिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।‘सङ्गम, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ र ‘प्रोड्युसर’का निर्मातासमेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार