मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने

Ujyalosandeshonline 11009+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

पोखरा । इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियरलिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रुपमा क्रिचलीलाई टिममा अनुबन्ध गरेको हो । यसअघि पोखराले वेष्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिशायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन् । सन् २०१५ ३ मे को कन्टी क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका क्रिचली दोश्रो खेलमै डर्बीशायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए ।

क्रिचलीले सन् २०१६ को २१ मेमा डर्बिशायरका लागि लंकाशायर लाइटनिंगविरुद्ध खेल्दै पहिलो टि ट्वान्टी खेलमा डेब्यु गरेका थिए । त्रिचलीको स्पिनर क्षमतालाई अष्ट्रेलियाका लिजेन्ट क्रिकेटर स्टुअर्ट म्याकगिलले इंग्ल्यान्डको लागि उपयुक्त खेलाडी भन्दै तारिफ समेत गरेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई इंग्ल्यान्ड लायन्समा खेल्न बोलाइएको थियो । 

डर्बिशायरबाट यस्तो सम्मान पाउने उनी पहिलो खेलाडीका रुपमा चिनिए । र, त्यही वर्ष उनले टि ट्वान्टीको अन्त्यमा चेस्टरफिल्डमा यर्कशायरविरुद्धको प्रतिष्पर्धात्मक खेलमा अन्तिम ओभरमा १९ रन प्रहार गरेर टमका लागि विजय सुनिश्चित गरेका थिए । इंग्लयान्डका यि प्रतिभाशाली अलराउन्डरलाई चौथो विदेशी खेलाडीका रुपमा टिममा भित्र्याउन पाउँदा पोखरा एभेन्जर्सका मालिक मनोबल श्रेष्ठ खुशी सुनिए । 

‘क्रिचलीले डर्बिशायरका लागि रचेको इतिहास आज पनि कसैले बिर्सिएको छैन । हामीलाई आशा छ, पोखरा एभेन्जर्समा उनको प्रवेशसँगै एनपिएलमा पनि अर्को नयाँ इतिहास कोरिनेछ,’श्रेष्ठ विश्वस्त सुनिए । एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट आफ्नो टिममा छनोट गरेको छ । 

यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रुपमा अनुबन्ध भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार