मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |

डिजिटल नेपाल निर्माणका लागि समूहगत प्रयास आवश्यक

Ujyalosandeshonline 11024+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

जनकपुर । ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ मनाइएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) धनुषा शाखाको आयोजनामा शुक्रबार बिहान जनक चोकदेखि रेलवे स्टेशनसम्म प्रभातफेरी गरिएको हो ।

सो क्रममा क्यान धनुषाका अध्यक्ष विनय साहले वर्तमान युग कम्प्युटर र प्रविधिको भएको उल्लेख गर्दै प्रगतिको लागि कम्प्युटर ज्ञान अपरिहार्य रहेको बताए । ‘डिजिटल नेपालको सपना साकार पार्न सामूहिक सोच र प्रयासको खाँचो छ,’उनले भने । उनले प्रविधि बिना अहिले विकास सम्भव नभएको भन्दै नयाँ सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार गर्न गम्भिर भएर लाग्नुपर्ने बताए । 

उनले अन्य देशको तुलनामा प्राविधिक क्षेत्रमा नेपाल कयौं गुणा पछाडि रहेकाले तीनै तहको सरकारलाई प्रविधिमैत्री बन्न सुझाव दिए । प्रभातफेरी कार्यक्रममा क्यान धनुषाका संस्थापक अध्यक्ष तथा पत्रकार प्रवीण साह, सचिव विमलेश झा, कम्प्युटर शिक्षक प्रमोद पण्डित, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार