मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान

Ujyalosandeshonline 11084+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिकाले लुटेरा समूहलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ । मुगुम कार्मारोङ्ग गाउपालिका वडा नम्बर १ मा रहेको डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकालेलुटेरा समूह र अनुसन्धान गर्ने प्रहरीलाईसम्मान गरेको छ ।

गएको जेठ १२ गते मुगुमकार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयबासीहरू यार्सागुम्बा सकंलन गर्न पाटनतिर गएको मौका छोपी लुटपाट गर्ने  आठ जनाको समूहले करोडौंको सामान लुटेका थिए।

३० दिन लामो अनुसन्धानपछि नेपाल प्रहरीले लुटेरा समूहका तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ भने अझै पाँच जना फरार रहेका छन् ।

सदरमुकाम गमगढीदेखि टाढा रहेको बस्तीमा लुटेराहरुको पहिचान गरि केही सामानसहित तीन जनालाई पक्राउ गर्न सफल भएकोमा पालिकाले नेपाल प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए । 

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापा र जिल्ला प्रहरी कार्यालयलाई एक कार्यक्रमगरी सम्मान गर्नुका साथै दोसल्लाह ओडाएर सम्मान गरेको हो । 

लुटेरा समूहले गाउँका २४ वटा घर एक गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला,बुद्धको मुर्ती, मूर्ति, मुगाको माला ९५ तोला,यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानीयहरुले प्रहरीमा जाहेरी दिएका थिए ।

घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश सिंह कमाण्डमा खटिएको टोलीले सातवटा स्थानमा अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेका तीन जनाबाट कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, एकवटा ट्रेकिङ झोला र एकवटा सल बरामत गरेको थियो ।

पक्राउ पर्नेमा गुठिचौर गाउँपालिकाका वडा नम्बर ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।

सम्मान कार्यक्रममा मुगुम कार्मारोङ्ग गाउँपालिकाका उपाध्यक्ष छिरिङ्ग फुटि लामा, प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावल,सूचना तथा प्रविधी अधिकृत सोबेन्द्र बहादुर मल्ल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दान बहादुर बुढा र सचिव जीवन सेजुवाल समेतको उपस्थिति थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार