मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

जनकपुर । चालु आर्थिक वर्ष २०८१।०८२ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु.८ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले जनकपुरधाममा आर्थिक वर्ष २०८१।८२ का लागि प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । 

सो अनुमान अनुसार मधेश प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १३.१६ प्रतिशत योगदान पु¥याउने देखिएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०।८१ को संशोधित अनुमानसँग मिल्दोजुल्दो रहेको देखिएको छ । त्यस्तै स्थिर मूल्यमा मापन गरिएको वृद्धिदर ४.५० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३.७४ प्रतिशतभन्दा सुधार भएको हो ।

त्यस्तै, मधेश प्रदेशको अर्थतन्त्र अझै पनि कृषि क्षेत्रमा निर्भर रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा कृषि, वन तथा माछा पालन क्षेत्रले ३६.७३ प्रतिशत योगदान पु¥याएको छ । अघिल्लो वर्ष पनि कृषि क्षेत्रको योगदान ३५.९२ प्रतिशत रहेको थियो । त्यस्तै विद्युत तथा ग्याँस क्षेत्र सबैभन्दा उच्च वृद्धिदर ९९.८३५० भएको क्षेत्रको रूपमा देखिएको छ ।

सार्वजनिक गरिएको प्रारम्भिक अनुमान अनुसार, मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा कममात्र ९३२ अमेरिकी डलर रहेको छ, जुन राष्ट्रिय औसत १४९६ डलरभन्दा निकै कम हो ।मधेश प्रदेशमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.१५ प्रतिशतमा सीमित छ, जुन सबैभन्दा न्यून योगदान भएको क्षेत्र हो । यो तथ्याङ्कले प्रदेशमा यस क्षेत्रको विकास अत्यन्तै कमजोर देखाउँछ । 

मधेश प्रदेशले स्थिर मूल्यमा आर्थिक वृद्धिदर र कुल उत्पादनमा सुधार देखाए पनि प्रतिव्यक्ति आय र क्षेत्रगत विविधिकरणका हिसाबले अझै पछि परेको राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनले मधेश प्रदेशमा कृषि क्षेत्रको निर्भरता कायमै रहेको बताए । भट्टराईले औद्योगिक र सेवा क्षेत्रको योगदान वृद्धिका लागि संरचनागत सुधार आवश्यक रहेको सुझाव दिए । उनले मधेश प्रदेशको आर्थिक वृद्धिलाई सन्तुलित बनाउन दीर्घकालीन योजना र नीति आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार