मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |
मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |


सिमेन्ट उद्योगहरु घाटामा रहेको दाबी, केही उद्योग बन्द गर्नुपरेको गुनासो

Ujyalosandeshonline 11467+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं ।  नेपाल सिमेन्ट उत्पादक संघले नेपाली सिमेन्ट उद्योगहरु अत्यन्तै ठूलो घाटा व्यहोरिरहेको जनाएको  छ । शुक्रबार संघले पत्रकार सम्मेलन गर्दै १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागत अत्याधिक मात्रामा बृद्धि भएको र ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग संचालन नै गर्न नसक्ने अवस्था आइसकेको जनाएको हो । 

संघले उद्योगहरुले श्रमिक कर्मचारीहरुको तलव भत्ता भुक्तानी, विद्युत महसुल रकम भुक्तानी, बैकल्पिक उर्जाको लागि इन्धन खरिद, कच्चा पदार्थको भुक्तानी, बैंक किस्ता र व्याज भुक्तानी जस्ता नियमित खर्चहरु हेरेर तरलता व्यवस्थापन गर्नको लागि उत्पादन लागत भन्दा निकै कम मूल्यमा सिमेन्ट विक्री गरी तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यताको कारण विगतमा सिमेन्टको मूल्यमा निकै गिरावट आएको जनाएको छ ।

संघले भनेको छ , ‘नेपालमा विगत बर्षहरुदेखि नै निर्माण कार्यमा आएको शिथिलता, आर्थिक मन्दि, पूंजीगत बजेटको न्यून विनियोजन र सो विनियोजित रकम पनि खर्च हुन नसक्नु, उद्योगहरुको नियमित र स्थिर खर्चहरु सालवसाली अभिवृद्धि हुदै जानु, मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशतमा उद्योग संचालन गर्न बाध्य हुनु लगायतका कारणहरुले गर्दा ठूलो लगानी रहेका प्राय सबै नेपाली सिमेन्ट उद्योगहरु अत्यन्त ठूलो घाटा व्यहोरीरहेका छन् ।’ 

ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जा रकमको किस्ता र व्याज भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केहि महिना देखि नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागत अत्याधिक मात्रामा बृद्धि भएको र ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग संचालन नै गर्न नसक्ने अवस्था आई उद्योगहरुले श्रमिक कर्मचारीहरुको तलव भत्ता भुक्तानी, विद्युत महसुल रकम भुक्तानी, बैकल्पिक उर्जाको लागि इन्धन खरिद, कच्चा पदार्थको भुक्तानी, बैंक किस्ता र व्याज भुक्तानी जस्ता नियमित खर्चहरु हेरी तरलता व्यवस्थापन गर्नको लागि उत्पादन लागत भन्दा निकै कम मूल्यमा सिमेन्ट विक्री गरी तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यताको कारण विगतमा सिमेन्टको मूल्यमा निकै गिरावट आएको कुरा सबैमा विदितै छ ।

संघले अर्बौ लगानी गरि स्थापना भएका उद्योगहरुले मुनाफा गर्न नसकी ठूलो नोक्सानी भई नेपालमा संचालित कुल ६५ वटा सिमेन्ट उद्योगहरु रहेकोमा २२ वटा सिमेन्ट उत्पादन गर्ने ग्राण्डिङ यूनिटहरु यस अवधिसम्म पूर्णतः बन्द भइसकेको समेत जानकारी गराएको छ ।

थप नोक्सानी व्यहोरी उद्योग संचालन गर्दा अरु केही उद्योगहरु समेत आर्थिक संकटका कारण उद्योग बन्द उन्मुख रहेको कुरा समेत जानकारी गराएको छ ।

साथै नेपाल सिमेन्ट उत्पादक संघले उद्योगहरुको विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी विचार गरी हाललाई औसतमा प्रति बोरा रु. ८५ । देखि बढिमा रु. ११५ । (अन्तः शुल्क र मु. अ. कर बाहेक) भन्दा थप नहुनेगरी  विक्री मूल्य निर्धारण गरी उद्योग संचालन गर्नु गराउनु सम्बन्धित सबै उद्योग र उद्योगीहरुलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार