मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपाल विद्यार्थी संघले गर्‍यो स्ववियु घोषणा पत्र सार्वजानिक

Ujyalosandeshonline 12431+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्नो स्ववियु घोषणा पत्र सार्वजानिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै स्ववियु घोषणा पत्रलाई स्पार्क आन्दोलनको रुपमा सार्वजानिक गरेको हो ।

स्ववियु घोषणा पत्रलाई जलवायु परिवर्तनसँग जोड्दै स्ववियु निर्वाचन २०८१ घोषणा पत्र तयारी समितिका संयोजक विकल राईले विद्यार्थीहरुको सम्पुर्ण समस्याहरुको समाधान स्पार्क आन्दोलनले अन्त्य गर्ने बताए । 

उनले भने,‘ हामीले यो घोषणा पत्रमा स्पार्क आन्दोलनको कुरा गरेका छौ ।  स्पार्क आन्दोलन भन्नाले स्मार्ट शिक्षा, प्रगतिशील टेक्नोलोजी, आकांक्षी उद्यमशीलता, अधिकार र प्रतिनिधित्व, ’क्लिमा’ जलवायु न्याय हो । यस मार्फत हामीले काम गर्नेछौ ।’ 

यस्तै, नेपाल  विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विश्वविद्यालयमा राजनैतिक आस्थाको आधारमा क्यापस प्रमुख, डिन, विश्वविद्यालयका पदाधिकारीहरु नियुत्तिलाई अन्त्य गर्न अगुवाइ गरेको बताए । 

उनले भने,‘विश्वविद्यालयमा राजनैतिक आस्थाको आधारमा क्यापस प्रमुख नियुत्ति हुने, डिनहरु नियुत्ति हुने र विश्वविद्यालयका पदाधिकारीहरु नियुत्ति हुने अन्त्य गर्नुपर्छ भनेर अगुवाइ नेपाल विद्यार्थी संघले गरेको हो । साना साना समस्यामा वल्खु धाउनुपर्ने बाध्यात्मक परिस्थती थियो । जसले गर्दा निरासा पैदा गरेको थियो । त्यो समस्यालाई आशिंक ढङगले चिरेका छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार