मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त पदमा नियुक्तिको प्रस्ताव

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

काठमाडौं । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राखेका छन् । 

उनको सचिवालयका अनुसार परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी विहान ९ बजेका लागि बोलाइएको छ । यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन । बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ । 

प्रधानमन्त्री दाहालले शनिबार विपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । सो छलफलमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए । 

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ । 

नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार