मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

देशमा सङ्क्रमणकालीन चुनौतीको सामना गर्नुपरिरहेको छ : राष्ट्रपति पौडेल

Ujyalosandeshonline 12431+ समाचार ( )
२ पौष २०८०, सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अझैपनि नेपाल अझै सङ्क्रमणकालीन चुनौतीबाट माथि उठ्न नसकेको बताएका छन् । 

सोमबार त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले, नेपालले अझै परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना गर्नुपरिरहेको बताएका हुन् । 

उनले भने, ‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईँहामीहरूले नै गर्नुपरेको छ ।’ 

समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानताका आधार तय गरेको भन्दै उनले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त व्यवस्था राष्ट्र निर्माणका लागि महत्वपूर्ण पक्ष भएको बताए । 

‘हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ ।’ राष्ट्रपति पौडेलले भने । 

उनले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने भन्दै राष्ट्रको समृद्धिका लागि प्राकृतिक स्रोतको मात्रै नभई ज्ञान, सीप र प्रविधिको विकासमा जोड दिए । 

विश्वविद्यालयले प्रदान गर्ने उच्चशिक्षा समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समय सापेक्ष नीति अँगाल्नु जरुरी रहेको उनको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार