मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जेनजीको माग जायज थियो : एमाले नेता रघुवीर महासेठ

Ujyalosandeshonline 12431+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

जनकपुर । नेकपा एमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरु जायज रहेको बताका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै नेता महासेठले भदौ २३ र २४ ग जेनजीले गरेको आन्दोलनका मागहरु जायज रहेको धारणा राखे । 

भ्रष्टाचार बन्दहोस, सामाजिक सञ्जाल सुचारु होस भन्ने मागहरु एक दम जायज रहेको र यो नेकपा एमालेको पनिमाग रहेको उनले बताए । भदौ २३ र २४ गत्ते भएको लुटपाट, आगजनी, कुटपीट लगायतका घटनामा देशीविदेशी षड्यन्त्रकारीहरुको हात रहेको उनले बताए । नेता महासेठले तीदेशीविदेशी षड्यन्त्रकारीहरुले नै जेनजी युवाहरुको हत्या गरेको बताए ।

जेनजीको शरीरमा लागेको गोली नेपाल प्रहरी वा नेपाली सेनाको नभएको नेता महासेठले दाबी गरे । आन्दोलन चर्काउन र प्रजातन्त्र समाप्त गर्नका लागि सार्प सुटर प्रयोग गरी ती जेनजीको हत्या गरिएको उनले बताए । नेतामहासेठले ती सम्पूर्ण घटनाको निश्पक्ष छानबीन गरी दोषी जो सुकैलाई कारबाही गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । नेतामहासेठले विगतमा भएका गल्तिहरुलाई सुधार गरी आगामि दिनमा फेरि नेकपा एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार