मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सौर्य एयरलाइन्स दुर्घटनाबारेको अध्ययन प्रभावकारी ढंगले अघि बढ्छः मन्त्री पाण्डे

Ujyalosandeshonline 12455+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताए । 

उनले भने, ‘यस घटनाको बारेमा धेरै प्रश्नहरु उठेको छ । समिति बनाएपनि प्राप्त प्रतिवेदनको कार्यान्वयन सरकारले नगरेको हुनाले यस्तो समस्याहरु आएको भन्ने कुरा छ । यही प्रश्नहरुको सेरोफेरोमा यसपटकको अध्ययनलाई राम्रो तरिकाले निचोडमा पु¥याउने, सत्यको नजिक पुग्ने, घटनाको बारेमा राम्रो छानबिन गर्ने नै छौं । त्यसबाट निस्किएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा बाटो तय गर्ने भन्ने प्रतिबद्धता र संकल्प प्रस्तुत गरेका छौं ।’

यस्तै, उनले अध्ययन समितिले ४५ दिनभित्र प्रतिवेदन दिने हिसाबले काम अगाडि बढाउने पनि जानकारी दिए । उनले भने, ‘हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक, व्यवस्थापकीय कारण, मानविय त्रुटी के हो त्यसको बारेमा स्पष्ट धारणा राख्न सक्ने अवस्था छैन् । यसबारेमा अध्यन गर्नको लागि मन्त्रिपरिषद्को बैठकले अध्यन समिति बनाएको छ । ४५ दिनभित्र त्यो समितिले प्रतिवेदन दिनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार