मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ : मुख्यमन्त्री आचार्य

रासस 460+ समाचार ( )
१३ पौष २०८२, आइतबार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले भन्न्नुभयो“ मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सृजना गर्नु आजको आवश्यकता छ ।” 

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले महोत्सवले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सञ्चार क्षेत्रबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुनसक्ने जनाउँदै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उहाँको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

दुवै देशको सहअस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको सम्भावना रहेको छ भन्नुभयो । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुङ्गा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा महोत्सवका बहसले नयाँ दिशा दिने बताउनुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता आयोजित महोत्सवमा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको सहभागिता छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार