मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पशुपतिमा साउन १ गतेदेखि विराट ज्ञान महायज्ञ हुँदै, तयारी धमाधम

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

काठमाडौं । पशुपति क्षेत्रमा आगामी साउन १ गतेदेखि भाद्र २१ गतेसम्म ५२ दिन लामो विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा हुने यो महायज्ञको नाम श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ दिइएको छ । 

फाउन्डेसनले विगत २० वर्षदेखि देशका विभिन्न भागमा कोटिहोमसहित सयौँ यज्ञ, अनुष्ठान र धार्मिक गतिविधिहरू गर्दै आएको छ । फाउन्डेसनद्वारा सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको निर्माणाधीन भवन तथा फाउन्डेसनको अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो ।

 महायज्ञ स्थलमा तयारी स्वरूप आवश्यक संरचना निर्माणलाई तीव्रता दिइएको छ । महायज्ञमा विविध धार्मिक अनुष्ठानहरू सहित कथा प्रवचनको कार्यक्रम पनि समावेश गरिएको छ । देश तथा विदेशमा ख्यातिप्राप्त धर्मगुरु तथा कथा प्रवक्ताहरूको सहभागिता रहनेछ । महायज्ञमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार