मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विश्वदीप पाण्डेले छाडे नेसपा, माओवादी केन्द्रमा प्रवेश

Ujyalosandeshonline 11005+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहेका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गरे ।

उनी माओवादीको सशस्त्र युद्धदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए । पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजन भएको थियो । गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरे । तर, त्यो समय पनि विश्वदीप बाबुरामकै पक्षमा साथ दिए । 

पाण्डेले सोमबार बिहान नेसपा पार्टी छोडेको घोषणाको केही घण्टामै माओवादी प्रवेश गरेका छन् ।  नेसपा र माओवादी केन्द्र एक हुनुपर्ने पक्षमा रहेका पाण्डे त्यो सम्भावना नदेखेपछि बाबुरामलाई छोडेर प्रचण्डसँग आइपुगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार