अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको सुपा देउराली मन्दिर संरक्षण समितिको अध्ययक्षमा पुन: फर्स बहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन्। लामो समयको रक्साकस्सी पछि समितिले शनिवार पूर्णता पाएको हो। समितिको उपाध्यक्षमा हरिलाल खनाल, सचिवमा गिर बहादुर गुरुङ, कोषाध्यक्षा कमल के.सी, सह सचिवमा कृष्णलाल क्षेत्री पुरी पनि सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै वरिष्ठ सदस्यमा गणेश बहादुर थापा, सदस्यहरुमा झलकुमारी अधिकारी, बिन्द्र बहादुर गुरुङ, हिमलाल धिमिरे, नारायण थापा, मैना खत्री, मन्जु खत्री, सरस्वती थापा चयन भएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार लेखा समितिको संयोजकमा मनोज खत्री क्षेत्री, सदस्यमा केशव खनाल र मान बहादुर थापा चयन भएका छन्।
अध्यक्ष केसीले आर्थिक पारदर्शिता, सामाजिक उत्तरदायित्व तथा धार्मिक गतिविधि र ट्राफिक व्यवस्थापन लाई थप व्यवस्थित गर्दै सुपा देउरालीको गरिमा लाई थप उचाइमा पुर्याउनका लागि उल्लेखनीय काम गर्ने प्रतिवद्धता जनाए । उनले विगत कार्यकालको अनुभवले अपुरो काम पुरा गर्ने र नयाँ योजनाहरुलाई अघि बढाउँदै दर्शनार्थीलाई कुनै समस्या नपर्ने गरी सबैको समन्वयमा काम गर्ने बताए।