मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


‘सेनाले जिम्मा लिएका कामको प्रगति सन्तोषजनक’

Ujyalosandeshonline 11474+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सरकारले नेपाली सेनालाई जिम्मा दिएका कामहरुको कार्य सम्पादन सन्तोषजनक रहेको बताएका छन् । महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त, कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना दिँदै उनले सेनाको काममा इमादारिता रहेको बताएका हुन् । 

नेपाली सेना कानुनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीहरुको संगठन भएको उनले बताएका छन् । 

‘संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्दा, हामीसँग उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी, बदलिंदो विश्वपरिवेश अनुकूल मापदण्ड हासिल गर्न नेपाली सेनाको नेतृत्व पंक्तिबाट आधुनिकीकरण, व्यावसायिकरण र आत्मनिर्भरताका लागि हरसम्भव प्रयास भइरहेको छ, नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ ले निर्देश गरे अनुरुप राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोवस्ती प्रणाली र कल्याणकारी कार्य लगायतका विषयहरुमा समयसापेक्ष आधुनिकीकरण र सुधार गर्दै लैजाने प्रयास भइरहेको छ,’ उनले भनेका छन् । 

ऐतिहासिक महत्वका सैन्य सम्पदा (गढी तथा किल्लाहरु) को सम्बर्धन र प्रवर्धन गर्ने कार्यलाई भविष्यमा पनि निरन्तरता दिने उनले उल्लेख गरेका छन् । राष्ट्रिय गौरव एवं सेनाको प्रतिष्ठासँग जोडिएका काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना लगायत दार्चुला–टिंकर, खाँदवारी–किमाथाँका, वेनीघाट–लार्केभञ्ज्याङ र कर्णाली करिडोर सडक आयोजनाहरुमा सन्तोषजनक प्रगति भइरहेको उनले जनाएका छन् ।  उक्त विकास निर्माणका कार्यमा संलग्न सबैलाई आर्थिक पारदर्शिता कायम राख्दै समयसीमाभित्रै काम पुरा गर्न उनले निर्देशन दिएका छन् ।

नेपाली सेनालाई बन्दोवस्ती सामग्रीहरुको आपूर्तिमा आत्मनिर्भर बनाउन प्रयास भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले सकलदर्जाको पेसागत दक्षता अब्बल बनाइराख्न तालिम गतिविधिलाई प्राथमिकता दिइएको बताएका छन् । 

उनका अनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक स्वीकृतिको प्रकृयामा छ । पूर्वाधार निर्माण र तालिम सञ्चालन मोडालिटी तयारीको कार्य अपेक्षाकृत रुपमा अघि बढिरहेको बताउँदै उनले निर्वाह गर्दै आइरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरु उत्कृष्ट ढंगले पुरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पु¥याउने सबैलाई धन्यवाद दिएका छन् । 

बिहीबारै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरुका बीच जिम्मेवारी निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापति शर्माले छाउनीस्थित वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा माल्यार्पण गरेका थिए । 

उक्त अवसरमा वीरगति प्राप्त सकलदर्जाको सम्मानमा सहिद सलामी अर्पण गरिएको थियो भने वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई छाउनीमा दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार