एमालेभित्र स्थायी गुटको अस्तित्व छैन् : पद्मा अर्याल

Ujyalosandeshonline 11469+ समाचार ( )
पद्मा अर्याल सचिव नेकपा (एमाले)
१९ मंगशिर २०८२, शुक्रबार

सन्तोषी रावल

काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशननजिकिँदै गर्दा पार्टी सचिवपद्माअर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिकएजेण्डाहरु समय सापेक्षितहुनुपर्नेमा जोड दिएकी छिन् । उनले महाधिवेशन केवलआन्तरिक संरचनानवीकरणको प्रक्रियामात्रनभएर, नेपाली राजनीतिको अस्थिरताबीच ‘दिशानिर्देशन’ गर्ने अवसर पनिभएको औंल्याइन् ।

विधानमहाधिवेशनबाट पारित नीतिहरू अनुमोदन गर्नु र पार्टीको भावी नेतृत्वको चयन गर्नु नै राष्ट्रिय महाधिवेशनको केन्द्रबिन्दु भएकाले अब दिर्घकालिन राजनीतिक कोर्ष तयार हुने उनको भनाइथियो । 

‘विधानमहाधिवेशनले विधि र नीति सम्बन्धि महत्वपूर्ण एजेन्डा तय गरेको, सोचेअनुसार निष्कर्षमा पुगेकाले अब राष्ट्रिय महाधिवेशन नेतृत्व समायोजन र दीर्घकालीन राजनीतिक कोर्स निर्धारणतर्फ केन्द्रितहुनेछ । महाधिवेशनउद्घाटनपछि नेतृत्व चयन नै प्रत्यक्षबहसको एजेन्डा बन्ने र मुलुकको वर्तमानचुनौती सम्हाल्न सक्षम, एकीकृत, प्रतिनिधिमूलक नेतृत्व चयन गर्नु नै यसपटकको मुख्यलक्ष्यहो,’ उनले भनिन् ।

उनले एमालेलाई ‘सबै उमेर, क्षेत्र र समुदायको साझा फूलबारी’को रूपमा व्याख्या गर्दै, युवादेखि परिपक्व पुस्ता सम्मको सन्तुलित सहभागिता सुनिश्चित गर्नु नेतृत्वचयनको आधार मानिने बताइन् । मंसिर २३ र २४ गतेदेखिएको नवयुवा अभियान पछि पार्टीले युवापुस्तालाई अझै निर्णायक रूपमा वा कार्यकारी तहमा ल्याउनुपर्ने आवश्यकता महसुस गरेको उनको भनाइ छ । 

केही नेताहरूले पद प्रति आकांक्षा प्रकट गरेको र उम्मेदवारी घोषणा भएको सन्दर्भमा अर्याल भन्छिन,‘यो नै लोकतान्त्रिकअभ्यासको सही समय हो । आकांक्षा राख्नपाउनु र खुला बहस गर्नु आन्तरिक लोकतन्त्रको सकारात्मकअभ्यास हो ।’ उनकाअनुसार, महाधिवेशन सम्म पुग्दा पार्टी एकीकृत निष्कर्षमा उभिन्छ र प्रतिस्पर्धा तथा सहमति दुवै विधिलाई सम्मानगर्दै नेतृत्व चयन अघि बढ्छ।

गुटबन्दीका सवालमा उनले दसौँ राष्ट्रिय महाधिवेशनपछि एमालेभित्र स्थायी गुटको अस्तित्व नरहेको स्पष्ट पारिन् । विगतमा महाधिवेशनको प्रतिस्पर्धासँग जोडिएका समूहहरू कहिलेकाहीँ गुटका रूपमा सक्रियहुने अवस्थालाई पार्टीले विगत केहीवर्षमा पूर्णरूपमा संस्थागत रुपमाअन्त्य गरेको उनको दाबी छ ।

अहिले उठिरहेका नेतृत्व सम्बन्धीचासोलाई उनले ‘स्वस्थबहस’को रूपमालिएकि छन् । उनकाअनुसार एमालेलाई आजआवश्यक नेतृत्वत्यहीहो, जो आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय चुनौतीहरू सामना गर्न सक्षमहोस् । महिला सहभागिताबारे बोल्दै उनले पार्टीले ३३ प्रतिशत सहभागितालाई व्यवहारिक रूपमाकार्यान्वयनमाल्याइसकेको र धेरै ठाउँमा महिला नेतृहरू ‘फस्र्टमेन’वाकार्यकारी नेतृत्वकाभूमिकामा सक्रिय रहेको जानकारी दिइन् ।

सहभागिता बढाउनु मात्रै होइन, महिलाहरूको क्षमताविकास, नेतृत्व पकड र दक्षताअभिवृद्धिलाई पार्टीले निरन्तर प्राथमिकतादिएको उनले बताइन्। ‘हिजो एक जनामहिला राखेर मात्र सहभागी गराइएको थियो, आजमहिलाहरूबीच नै प्रतिस्पर्धा भइरहेको छ। अबलक्ष्य समानतासहितको नेतृत्वहो,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक संलग्नताविषयमाप्रतिक्रियादिँदै अर्यालले संवैधानिक व्यवस्थाले राष्ट्रपतिलाई पूर्ण तटस्थ हुनुपर्ने भन्दै सक्रिय पार्टी राजनीतिमाफर्किने विषय संवैधानिक मर्यादा सँग जोडिएको बताइन् । एमालेले राष्ट्रपतिलाई विवादित भूमिकामा नल्याउने नीतिलिएको उल्लेख गर्दै, ‘उहाँले व्यक्तिगत रूपमाव्यक्त गरेको इच्छा छलफलको विषयहुन सक्छ, तर अहिले तत्काल पुनर्विचार गर्ने परिस्थिति देखिँदैन ।’

राष्ट्रिय राजनीतिक अवस्था र हालको अस्थिरताकाबारेमा उनले गम्भीर चिन्ताव्यक्त गरिन्। संसद विघटन, शक्ति सन्तुलनमाआएको अव्यवस्था, आर्थिक मन्दीको संकेत, जन असन्तुष्टि तथा जेनजी आन्दोलनका मागहरू सम्बोधननहुँदामुलुकअनिश्चितताको खाडलमा फसिरहेको उनले टिप्पणी गरिन् ।

उनले भनिन्,‘आज मुलुक कमजोर छ । राष्ट्रिय स्वाभिमान नै चुनौतीमा परेको छ। यस्तो अवस्थामा एमाले सानो राजनीतिक स्वार्थमा चल्दैन। राष्ट्र, स्वाभिमान र अखण्डता जोगाउनु नै पहिलो दायित्वहो ।’ उनका अनुसार मुलुकलाई निकास दिन संसद पुनःस्थापना, जेन्सीसमेत समेटिएको राष्ट्रिय सरकार गठन र कानुनी बाटोबाट समाधान खोज्नु नै सहीउपाय हो। संसद विघटनले अनावश्यक भागदौड र अनिश्चितता सिर्जना गरेको उल्लेख गर्दै उनले विधि र प्रक्रियाबाट मात्रै मुलुक सही दिशामा जान सक्ने बताइन ।

आर्थिक संकट र असन्तुष्टि बढ्दै गए राज्यको संरचना नै धराशायीहुने खतरा बढ्ने भन्दै उनले राजनीतिक स्थायित्वलाई अनिवार्य रुपमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । महाधिवेशन, पार्टी एकता, नेतृत्व छनोट र राष्ट्रिय संकट यी सबै मुद्दाहरूमा सचिव अर्यालको प्रष्ट, ठोस र विश्लेषणात्मक अभिव्यक्तिले एमाले भित्र मात्रै होइन, समग्र नेपाली राजनीतिक परिवेशमापनि महत्वपूर्ण सन्देश प्रवाह गर्न सक्ने अनुमानपनि गरिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार