मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

Ujyalosandeshonline 11474+ समाचार ( )
११ अशोज २०८२, शनिबार

मनिषा बस्नेत

ललितपुर । ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ । ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो ।

जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ । विशेषत पाँच दिनसम्म मनाइने यो जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।

स्थानीय हिराकाजी महर्जनका अनुसार कुमार केटाहरूले गाउँ परिक्रमा गरि संकलन गरेका पूजा सामग्रीले तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने प्रचलन रहेको छ । ‘सिकाली हिड्ने ११ गते पञ्चमीबाट हो । १२ गते षष्ठीका दिन लाछी टोलमा पुगिन्छ । त्यसको पछि रुद्रायणी देवतालाई खटमा राखि सबै जनाले पुजा गर्छन् र बेलुका जात्रा निकालिन्छ,’ उनले भने, ‘हामी माथि बसेर भोज खान्छौ र नाइकेले सुकुन्डा झ्यालबाट नदेखाइ खट उचाल्न मिल्दैन ।’

सिकाली जात्राका बेला देखाइने नाच, तान्त्रिक विधिबाट गरिने पूजा तथा अन्य कामहरुलाई विभिन्न गुठीमा कार्यविभाजन गरिने पनि महर्जनले बताए । सिकाली जात्रामा रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमारको नाच देखाइन्छ । सबै देवगणलाई मन्दिरभित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट पुजा गरि मन्दिरबाहिर निकालेपछि सिकाली परिसरमा नचाइने र यो नाच नै  जात्राको मुख्य आकर्षण रहेको महर्जनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार