काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्त दुर्घटना प्रति धैर्य रहन अनुरोध गर्दै दुःखव्यक्त गरेका हुन् ।
उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरण का अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटना स्थल आइपुगेको छु । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखदघडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपीशर्मा ओली दुर्घटना स्थलपुगेका थिए ।
मर्मतका लागि पोखरा तर्फ जाँदै गरेको विमान बुधबार बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । विमानमा चालक दलका २ सदस्य सहित १९ जना सवार थिए । क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयनप्राधिकरणले जनाएको छ ।