मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

जनकपुर । जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका छन् ।

बुधबार विहानैदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् । १२ दिन बितिसक्दापनि हत्यामा संलग्न अन्य अपराधीहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले बाटो बन्द गरेर विरोध जनाएका हुन् ।

चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । 

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ । घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार