मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन

Ujyalosandeshonline 11474+ समाचार ( )
१ असार २०८२, आइतबार

पोखरा । विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि शानदार जित निकाल्दै एपीएफ पहिलो संस्करणको प्रतियोगिताको च्याम्पियन बनेको हो ।

एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । पुलिसमाथि हाबी बनेको एपीएफले २५–१९, २५–२० र २५–१३ को सहज जित निकाल्यो । निरुता ठगुन्नाको अलराउण्डर प्रर्दशनमा एपीएफको सहज जित सम्भव बनेको हो । उपाधि सहित एपीएफले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । पुलिसले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

उपाधिको दाबेदार मानिएको न्यु डायमण्ड स्पोट्र्स क्लब तेस्रो बन्यो । न्यु डामण्डले तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्टलाई २५–८, २५–१९ र २५–११ को सेटमा हरायो । तेस्रो बनेको न्यु डायमण्डले १ लाख रुपैयाँ हात पार्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित भईन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । विधागत पुरस्कारतर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाईकर, न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमण्डकी शलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, एपीएफकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र एपीएफका पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई प्रमुख अतिथी शक्तिबहादुर बस्नेत, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वाला, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु अन्जन धमला, सम्राट कुशारी लगायतका अतिथीहरुले नगद, ट्रफी, मेडल, प्रमाणपत्रले पुरस्कृत गरेका थिए ।

नेश्नल स्पोट्र्स एकेडमीले आयोजना गरेको प्रतियोगिता जेठ २७ गतेदेखि पोखरा रंगशालामा सुरु भएको थियो । प्रतियोगितामा राष्ट्रिय स्तरका ६ महिला भलिबलका टिम सहभागी थिए । समापन समारोहमा आयोजक टिमका अध्यक्ष दिपक कोईरालाले कार्यक्रमको दोस्रो संस्करणमा पुरुष विधालाई समेत समावेश गरेर अझ भब्य रुपमा सञ्चालन गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार