मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सुर्यदर्शन सहकारी पीडितले समाधान दैनिक जलाए

Ujyalosandeshonline 11005+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

पोखरा । सुर्यदर्शन सहकारी पीडितले पोखराबाट प्रकाशित हुँदै आएको समाधान दैनिक जलाएका छन् । कास्की जिल्ला अदालत अगाडी र वडा प्रहरी कार्यालय बैदामको ढोकामै उभिएर सुर्यदर्शन सहकारी पीडितले पोखराबाट प्रकाशित हुँदै आएको समाधान दैनिक जलाएका हुन् ।

करीब १२÷१५ जनाको समूहमा रहेका सहकारी पीडितहरुले उक्त पत्रिकामा आगो लगाइरहेको तस्बीर पत्रकार अमृत सुबेदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उनले  फेसबुकमा ‘समाचारमा पनि कमजोरी हुन सक्छ तर समाचारप्रति चित्त नबुझे न्यायका निम्ती जाने निकाय हुँदाहुँदै, खण्डन छाप्ने, ध्यानाकर्षण गराउने, मुद्दा हाल्ने विकल्प हुँदाहुँदै पत्रिका नै जलाउनु निन्दनीय’ भएको उल्लेख गरेका छन्।

सहकारी पीडितका समस्याप्रति आफूहरुले निरन्तर कलम चलाइरहेको कुरा उल्लेख गर्दै उनले ‘सञ्चार संस्था र पत्रकारितामाथि नै भएको यो अपमानलाई कुनै पनि हालतमा ठिक भन्न सकिँदैन’ भनेका छन् ।

समाधान पत्रिका जलाउने सूर्यदर्शन सहकारी पीडितको यो कदमले मिडियामाथि नै अपमान गरेको उनको ठम्याई छ । यसले सहकारी पीडितका मुद्दालाई थप विषयान्तर गर्न सघाउ पुर्याउने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार